मोटरसाइकल दुर्घटना हुँदा देउखुरी एक जनाको मृत्यु

दाङ समाचार
दाङ समाचार १४ श्रावण २०८१, सोमबार
1 Min Read
Aa

दाङ – मोटरसाइकल दुर्घटना हुँदा देउखुरीमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बाँकेको कोहलपुर स्थानीय घर भई हाल दाङको घोराहीमा फर्निचरको काम गर्दै आएका पोक्सर बहादुर सुनार रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख राम बहादुर केसीले जानकारी दिनु भयो ।

मृतक सुनार रा ३ प ७११४ नम्बरको मोटरसाइकलमा तुलसीपुरदेखि अमिलिया हुँदै लमहीतिर आउँदै गर्दा आज बिहान ९:३० बजेको समयमा दुर्घटनामा परेका थिए ।

अमिलिया-लमही सडकखण्डको लमही नगरपालिका -८ असानीमा आफैले चलाएको मोटरसाइकल अनियंत्रित भएर दुर्घटना भएको
हो । दुर्घटनामा गम्भीर घाइते भएका सुनारको लमही अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको थियो ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्