जिसीलाई सेनाको हेलिकप्टरबाट उपचारको लागि काठमाडौं लगियो

दाङ समाचार
दाङ समाचार २४ श्रावण २०८१, बिहीबार
1 Min Read
Aa

दाङ – प्यूठानको इलाका प्रहरी कार्यालय विजुवारमा कार्यरत प्रहरी सहायक निरिक्षक सिवा कुमारी जिसीलाई उपचारका लागि काठमाडौं लगिएको छ । उहाँ ब्रेनमा प्रेसरले हानेपछि उपचारको लागि लुम्बिनी अस्पतामा भर्ना हुनु भएको थियो ।

गत २१ गते आँखामा समस्या आएपछि उपचाको लागि भैरहवा पुग्न भएकी जिसीलाई आँखा अस्पताल परिसरमै ब्रेनमा समस्या आउँदा एक्कासी बेहोस हुनु भएको जिसीका ज्वाई सुनिल केसीले जानकारी दिनुभयो ।

उहाँका अनुसार स्वास्थ्य बिग्रिएपछि प्रहरी सहायक निरिक्षक (फुपु) जिसीलाई उपचारका लागि नेपाली सेनाको हेलिकोप्टरबाट काठमाडौं लगिएको हो ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्