प्रधानसेनापति शर्मा भोलिबाट बिदामा

दाङ समाचार
दाङ समाचार २४ श्रावण २०८१, बिहीबार
0 Min Read
Aa

दाङ – प्रधान सेनापति प्रभुराम शर्माले शुक्रबारबाट बिदामा बस्दै छन् । तिन वर्षको कार्यकाल भदौ २४ मा पूरा हुनुभन्दा १ महिनाअघि उनि बिदामा बस्न लागेका हुन् ।

बिहीबार शर्माले कामु प्रधान सेनापति अशोकराज सिग्देललाई बुझबुझारथ गरेका छन् । समाचार तयार गर्दासम्म जङ्गी अड्डामा बुझबुझारथ कार्यक्रम चलिरहेको सेनाका एक जना अधिकृतले बताए । साउन १४ मा मन्त्रिपरिषद्ले रथी सिग्देललाई कामु प्रधान सेनापतिको जिम्मेवारी दिने निर्णय गरेको थियो ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्