भारतीय विदेश सचिव मिस्रीले भेटे कांग्रेस सभापति देउवालाई

दाङ समाचार
दाङ समाचार २७ श्रावण २०८१, आईतवार
1 Min Read
Aa

दाङ – दुई दिने नेपाल भ्रमणमा आएका भारतीय विदेश सचिव विक्रम मिस्रीले नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् ।

उनीहरूबिच आइतबार साँझ देउवा निवास बुढानीलकण्ठमा भेटवार्ता भएको हो । भेटमा दुई देशबिचको आपसी सम्बन्ध थप मजबुत बनाउने विषयमा छलफल भएको देउवाको सचिवालयले जानकारी दिएको छ । सोमबार बिहान परराष्ट्र मन्त्री आरजु राणा देउवालाई भेटेर विदेश सचिव मिस्री साँझ भारत फर्किने कार्यक्रम रहेको छ ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्