आज साउनको अन्तिम सोमबार

दाङ समाचार
दाङ समाचार २८ श्रावण २०८१, सोमबार
1 Min Read
Aa

दाङ – आज साउन महिनाको अन्तिम सोमबार, दाङका धारापानीसहित देशभरका शिवालयहरुमा श्रद्धालुहरुको भिड लागेको छ । साउन महिनाको हरेक सोमबार व्रत बसेर शिवको पूजा गर्दै आएकाहरुले आज विधिपूर्वक व्रत समाप्त गर्दछन् ।

साउनको सोमबारलाई भगवान शिवको प्रिय बार मानिने भएकाले यस दिन श्रद्धालुहरु व्रत, पूजापाठ, दान लगायतका काम गर्दछन् । यसो गर्दा सुख, शान्ति, समृद्धि र परिवारको कल्याण हुने धार्मिक विश्वास रहेको धर्मशास्त्रका जानकार डा. बासुदेवकृष्ण शास्त्री बताउँछन् ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्