गाउँपालिका अध्यक्षमाथि सहकारी ठगीको आरोपमा पक्राउ पुर्जी जारी

दाङ समाचार
दाङ समाचार ३० श्रावण २०८१, बुधबार
1 Min Read
Aa

दाङ – स्याङ्जाको बिरुवा गाउँपालिका अध्यक्ष सूर्यबहादुर कुँवर सहकारीको रकम अपचलनको मुद्दामा पक्राउ पुर्जी जारी भएपछि फरार भएका छन् ।

स्याङ्जाको सदरमुकामस्थित सूर्योदय बचत तथा ऋण सहकारी संस्थाको बिरुवा सेवा केन्द्रबाट भएको ३ करोड ६६ लाख रुपैयाँ हिनामिनामा उनको संलग्नता देखिएको प्रहरीको दाबी छ ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार सूर्योदय सहकारीको विरुवा सेवा केन्द्रबाट फर्जी कर्जा खाता बनाउने, बचतकर्ताको रकम पनि आफ्नो व्यक्तिगत स्वार्थमा लगाउने गरेको खुलेपछि उनीविरुद्ध पक्राउ पुर्जी जारी गरिएको छ ।

तर, उनको मोवाइल मंगलबारदेखि अफ छ र उनी सम्पर्कविहीन भएका छन् । कुँवरको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख शालिग्राम शर्माले जानकारी दिए ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्