परियार सेवा समाज दाङको अध्यक्षमा सन्तोष परियार

दाङ समाचार
दाङ समाचार ३२ श्रावण २०८१, शुक्रबार
1 Min Read
Aa

दाङ – परियार सेवा समाज दाङको दोस्रो अधिवेशन सम्पन्न भएको छ । `परियारहरुको एकता, आजको आवश्यकता, सम्पूर्ण परियार एक हौं भन्ने मूल नाराकासाथ सामजको दोस्रो अधिवेशन गत शनिबार घोराहीमा सम्पन्न भएको हो ।

घोराहीमा सम्पन्न भएको अधिवेशनले सन्तोष नेपालीको अध्यक्षतामा २१ सदस्यीय जिल्ला समिति चयन गरेको छ । जसको उपाध्यक्षमा प्रेम नेपाली, दीलिप परियार कार्की र निर्मला परियार, सचिवमा सुशील परियार सह-सचिवमा प्रदीप परियार र कोषाध्यक्षमा दीलिप नेपाली चयन भएका छन् ।

त्यस्तै सदस्यहरुमा खगे नेपाली, ध्रुव नेपाली, रञ्जित परियार, शालिकराम नेपाली, प्रेम नेपाली, राजकुमार परियार, लक्ष्मण परियारलगायत चयन भएका हुन् ।

परियार सेवा समाज दाङका अध्यक्ष केशव नेपालीको अध्यक्षता एवं समाजको पाँचौ राष्ट्रिय सम्मेलन तदर्थ समितिका संयोजक डिबी परियारको प्रमुख आतिथ्यतामा अधिवेशन भएको थियो ।

समाजका जिल्ला उपाध्यक्ष तेजबहादुर परियारको स्वागत मन्तव्यबाट सुरुभएको कार्यक्रमको सहजीकरण सह-सचिव दीलिप नेपालीले गरेका थिए ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्