देशभर अविरल वर्षा, नदी तटीय क्षेत्रमा बसोबास गर्नेलाई सतर्कता अपनाउन आग्रह

दाङ समाचार
दाङ समाचार २ भाद्र २०८१, आईतवार
1 Min Read
Aa

दाङ – बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा मध्यमदेखि भारी वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । वर्षा भएसँगै खोला तथा नदीहरुमा पनि बहाव बढेको छ ।

आज बिहान कपिलवस्तुको भगवानपुर, दाङको लालमटिया, रोल्पाको लिवाङ, बाँकेको नेपालगञ्ज एयरपोर्ट र खजुरा, बर्दियाका रम्भापुर र रानीजरुवा, दैलेखको कट्टी र कैलालीको टीकापुरमा मध्यमदेखि भारी वर्षा भएको छ ।

६ घण्टाको अवधिमा गोरखाको आरुघाट र पर्साको मुडलीमा पनि भारी वर्षा मापन भएको छ । जलसतह बढ्दो क्रममा रहेकाले नदीको तटीय क्षेत्रहरूमा रहने र यात्रा गर्नेहरुलाई बिहान १० सम्म सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्