दाङ – सर्पको डसाईबाट कैलालीमा एकै घरका दुई बालिकाको मृत्यु भएको छ । शनिबार दिउँसो गौरीगंगा नगरपालिका-७ महुलिया बस्ने स्थान घर्तीमगरकी छोरीहरु ७ वर्षकी काजल र ४ वर्षकी नीताको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख एसपी पदमबहादुर विष्टले जानकारी दिए ।
आफ्नै घरको भुइँतलाको खाटमा सुतेका उनीहरुलाई शनिबार सर्पले टोकेपछि उपचारका लागि सेती प्रादेशिक अस्पताल लगिएको थियो । उनीहरुको उपचारका क्रममा मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस्