कांग्रेस सभापति देउवाको निवास अगाडि शंकास्पद वस्तु फेला

दाङ समाचार
दाङ समाचार ९ भाद्र २०८१, आईतवार
1 Min Read
Aa

दाङ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको धनगढीमा स्थित निवास अगाडि शंकास्पद वस्तु फेला परेकाे छ । धनगढी उपमहानगरपालिका-४ कर्मचारी सञ्चय काेष नजिकै रहेकाे देउवा निवास अगाडि शनिबार राति शंकास्पद वस्तु फेला परेकाे प्रहरीले जनाएको छ ।

कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) पदमबहादुर विष्टले एउटा पुरानाे झाेलामा तार बेरिएकाे अवस्थामा शंकास्पद वस्तु भेटिएको बताए ।उक्त वस्तु के हाे भन्ने कुरा नखुलेको र नेपाली सेनाकाे डिस्पोजल टाेलीलाई बाेलाइएको प्रहरीले जनाएको छ ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्