करेन्ट लागेर दाङमा एकको ज्यान गयो

दाङ समाचार
दाङ समाचार ११ भाद्र २०८१, मंगलवार
0 Min Read
Aa

दाङ– घोराहीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका १२ डाँडागाउँ बस्ने ६८ वर्षिय बुद्धिराम चौधरीको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक राज प्रसाद तिमिल्सीनाले जानकारी दिए ।

डिएसपी तिमिल्सीनाका अनुसार आज बिहान आफ्नै घरको छानामा तरकारी (लौका) टिप्ने क्रममा नांगो तारले करेन्ट लाग्दा मृत्यु भएको हो । उनको शवलाई पोष्टमार्टमका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएको छ ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्