दाङ – सामाजिक संजाल फेसबुकमा अनावश्यक कमेन्ट गर्ने देउखुरीका ४ जना व्यक्तिलाई प्रहरी कार्यालयमा बोलाएर माफी मगाईएको छ ।
देउखुरी उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष खगेश्वर खनालले गएको शनिबारका दिन आफ्नो फेसबुक वालमा पोस्ट गरेको फोटोहरुमा राप्ती प्रेस मंचका अध्यक्ष अर्जुन अधिकारी, युवा व्यवसायी भुपाल पाण्डे फेसबुक नाम (बोधिसत्व आदित्य स्वामी), युवा व्यवसायी बसन्त प्रकाश शर्मा, राज पोख्रेल लगायत ४ जनाले मुस्लिम समुदाय प्रति लक्षित गरि सो समुदायको मान मर्दन हुने कमेन्ट गरेपछि उनिहरुलाई बुधबार वडा प्रहरी कार्यालय लमहीमा झिकाएर माफी माग्न लगाइएको हो ।
त्यस्तै उनिहरु मध्य राज पोख्रेल हाल वैदेशिक रोजगारीको सिलसिलामा बाहिर रहेको र उनलाई प्रहरीले व्हाट्सएपबाट सम्पर्कमा ल्याएर माफी माग्न लगाइएको देउखुरी उद्योग बाणिज्य संघका अध्यक्ष कमलजंग सिंह ठकुरीले बताउनु भयो ।
समाजमा यस्ता खालका विकृति,विसंगतिहरु तिब्र गतिमा बढ्दै गएको र आगामी दिनमा यस्ता खालका गतिविधिहरु नबढुन भनि यस किसमको कार्यलाई अपनाइएको संघका अध्यक्ष ठकुरीले जानकारी दिनु भयो ।
उनिहरुलाई विद्युतीय ऐन साइबर मानहानी कसुरमा सजाइ पनि दिन सकिन्थ्यो तर पहिलो पटक भएको हुँदा आगामी दिनमा यस्ता खालका गल्तीहरु नदोहोर्याउने सर्तमा उनिहरुले आफ्नो फेसबुक वालबाट र प्रत्यक्ष माफी समेत मागेको र वडा प्रहरी कार्यालयमा दुबै पक्ष बीच मेलमिलाप कागजगरि छाडिएको छ ।




प्रतिक्रिया दिनुहोस्