पुरानो भिडियो फेसबुकमा राखेकोप्रति निमित्त प्रधानाध्यापक बस्नेतको आपत्ति

दाङ समाचार
दाङ समाचार १४ भाद्र २०८१, शुक्रबार
1 Min Read
Aa

दाङ – राजपुर गाउँपालिका – ७ माध्यामिक विद्यालय सिक्टाका निमित्त प्रधानाध्यापक भरत बहादुर बस्नेतले सामाजिक संजालमा आफुलाई विवादित गराउन खोजेको भन्दै त्यस विषयमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताउनु भएको छ ।

निमित्त प्रधानाध्यापक बस्नेतले आज सामाजिक संजालमा केहि समय अगाडीको भिडियोलाई लिएर तथानाम लेखेको, आफुलाई विवादित गराउन खोजेको भन्दै विद्यालयका सम्पूर्ण अभिभावक तथा विद्यार्थीहरुलाई सचेत हुन अनुरोध गर्नु भएको छ ।

साथै निमित्त प्रधानाध्यापक बस्नेतले विद्यालयको पठनपाठन, अनुशासन, काम र कर्तव्यप्रति आफु सधै जिम्मेवार रहेको समेत उल्लेख गर्नु भएको छ ।

आफुले पालिकाले दिएको अधिकार र जिम्मेवारीलाई कुशलता पुर्वक निभाउने कुरामा कसैसंग सम्झौता नगर्ने साथै आफ्ना बिरुद्दमा तथानाम लेखेर विद्यालय जस्तो पवित्र संस्थालाई धमिल्याउन खोजे कानूनी प्रक्रियामा जाने पनि जानकारी गराउनु भएको छ ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्