दलित पत्रकार संघ दाङकाे नयाँ नेतृत्व चयन, अध्यक्षमा नेपाली, वरिष्ठ उपाध्यक्षमा गजमेर र उपाध्यक्षमा परियार

दाङ समाचार
दाङ समाचार १६ भाद्र २०८१, आईतवार
1 Min Read
Aa

दाङ – राष्ट्रिय दलित पत्रकार संघ दाङले नयाँ नेतृत्व चयन गरेको छ । संघकाे आज घाेराहीमा सम्पन्न चाैथाे जिल्ला अधिवेशनले पत्रकार गिरिराज नेपालीकाे अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्य समिति चयन गरेकाे हो । संघकाे वरिष्ठ उपाध्यक्ष प्रिया स्मृती गजमेर, उपाध्यक्षमा अर्जुन परियार, सचिवमा देवका परियार, सह-सचिवमा चन्द्रप्रकाश नेपाली र काेषाध्यक्षमा तेजबहादुर परियार चयन गरिएकाे छ ।

जसकाे सदस्यहरूमा हेमराज परिवर्तन, सरिता नेपाली, सिर्जना विश्वकर्मा, अन्जना विश्वकर्मा र रमा नेपाली रहनु भएकाे छ । त्यस्तै अधिवेशनले संघका सस्थापक अध्यक्ष जनक नेपाली, पुर्व अध्यक्ष नवीन अभिलाषी, वसन्त परियार, जीवन नेपाली र अर्जुन परियारलाई केन्द्रीय पार्षद र हेमराज परिवर्तन, सरिता नेपाली, अरूण नेपाली, सुवास परियार, चन्द्रप्रकाश नेपाली र हिमाल विश्वकर्मालाई प्रदेश पार्षदमा चयन गरेकाे छ । अधिवेशन जिल्ला अध्यक्ष वसन्त परियारकाे अध्यक्षतामा सम्पन्न भएकाे थियाे ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्