दाङ – काठमाण्डौबाट आज बिहान सुर्खेतका लागि उडेको श्री एयरलाइन्सको विमान आकस्मिक अवतरण भएको छ । श्री एयरलाइनसको श १२१ विमान सुर्खेतका लागि उडेको थियो । तत्काल प्राविधिक समस्याको पहिचान भएपछि चालक दलले बिहान ८ बजे त्रिभुवन विमानस्थलमै आकस्मिक अवतरण गराएका हुन् ।
अवतरणका क्रममा विमान केहीबेर धावनमार्गमै रोकिएको थियो । विमानमा ‘नोज ह्विल लक’को समस्या देखिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतले जनाएको छ । यो श्रीको पहिलो उडान थियो । अहिले उडान अवतरण सामान्य भएको छ ।
उडान नं एन ९२२३ बाट ८० जना यात्रु, चालक दलका सदस्य तथा क्रु मेम्वरसहित उडेको जहाज विमानस्थलबाट २५ माईलको दुरीमा धादिङमाथिको आकाशमा पुगेपछि जहाजको एउटा इन्जिनले काम गर्न छोडेको थियो ।
लगत्तै पाइलटले काठमाडौं विमानस्थलमा आपतकालिन अवतरणको अनुमति मागे । विमानस्थलले ढिलाई नगरी सबै उडान तथा अवतरण बन्द गर्ने निर्णय गर्यो र इन्जिन फेल भएको श्री एयरलाइन्सको जहाजलाई अवतरण गराउने प्रबन्ध गर्यो ।
विमानस्थलमा सबै आपतकालिन सेवाहरु तैयारी अवस्थामा राखियो र एउटा इन्जिनको भरमा ८० यात्रु बोकेको जहाज श्री एयरलाइन्सको जहाजलाई सकुशल अवतरण गराइएको विमानस्थलले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्