भोटेकोशी नदीमा खसेको गाडी सुरक्षाकर्मीको टोलीले निकाल्यो

दाङ समाचार
दाङ समाचार २८ भाद्र २०८१, शुक्रबार
1 Min Read
Aa

दाङ – सिन्धुपाल्चोकस्थित भोटेकोशी नदीमा खसेको गाडी सुरक्षाकर्मीको टोलीले निकालेको छ । नदीबाट निकालिएको गाडी बा २० च २१८५ नम्बरको बोलेरो रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका एसपी सन्तोष खड्काले बताए ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले क्रेनको सहायताले उक्त बोलेरो नदीबाट बाहिर निकालेको हो । उक्त बोलेरा कहाँबाट कता गएको, कसले चलाएको, गाडीको को–को सवार थिए भन्ने विषयहरु खुल्न बाँकी नै रहेको एसपी खड्काले बताए । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–६ स्थित भोटेकोशी नदीमा गाडी खसेको हो ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्