लुम्बिनीमा कांग्रेस सचेतक गिरीले दिइन् राजीनामा

दाङ समाचार
दाङ समाचार ३१ भाद्र २०८१, सोमबार
1 Min Read
Aa

दाङ – नेपाली कांग्रेसको लुम्बिनी प्रदेशसभा सचेतक निमा गिरीले पदबाट राजीनामा दिएकी छन् । गिरीले संसदीय दलका नेता डिल्ली चौधरीलाई सोमबार राजीनामा बुझाएकी हुन् । २०७९ साल फागुनमा सचेतक पदमा मनोनित भएकी गिरीले करिब अठार महिनापछि पद त्यागेकी हुन् ।

राजीनामा पत्रमा गिरीले आफ्नो विविध कारणले सचेतकमा निरन्तरता दिन नसकेको उल्लेख गरेकी छन् । सोमबार आफूले राजीनामा दलका नेतालाई बुझाएको र भोली सल्लाह गर्ने जानकारी गराएको गिरीले अनलाइनखबरसँग बताइन् । लुम्बिनीमा यसअघि कांग्रेस प्रमुख सचेतक जन्मजय तिमिल्सिनाले राजीनामा दिएका थिए । गिरी पार्टीमा महामन्त्री गगन थापा निकट छन् ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्