करेन्ट लाग्दा देउखुरीमा एकको ज्यान गयो

दाङ समाचार
दाङ समाचार १ आश्विन २०८१, मंगलवार
1 Min Read
Aa

दाङ – करेन्ट लागेर आज मंगलबार देउखुरीमा एक जनाको ज्यान गएको छ । ज्यान जानेमा लमही नगरपालिका-९ अमिलिया निवासी अन्दाजी ५० वर्षीय सुवास बुढा मगर रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डिएसपी राम प्रसाद तिमिल्सिनाले जानकारी दिनु भयो ।

बुढामगर घर बनाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका थिए । उनको उपचारका क्रममा लमही अस्पतालमा ज्यान गएको प्रवक्ता तिमिल्सिनाले बताउनु भयो। मृतकको शव अहिले पोष्टमार्टमका लागि लमही अस्पतालमा राखिएको छ ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्