दाङ – गढवा उद्याेग वाणिज्य संघले आफ्नाे कार्यक्षेत्र धानखाेला र कालाकाटे बजारमा फाेहरमैला व्यवस्थापनका लागि डस्टविन वितरण गरेकाे छ ।
संघका अध्यक्ष ओमप्रकाश बसेलकाे नेतृत्वमा आज मंगलबार धानखाेला र कालाकाटे पुगेकाे उद्योग वाणिज्य संघकाे टाेलिले १५ थान डस्टविन वितरण गरेकाे हाे ।
कपिलवस्तु जिल्लाकाे सिमा छाेएकाे धानखाेला बजारमा फाेहरमैला व्यवस्थापन गर्न चुनाैति रहेकाे बताउदै संघका अध्यक्ष ओमप्रकाश बसेलले पालिकासँग समन्वय गरेर स्थायि रूपमा फाेहरमैला व्यवस्थापन गरिने बताउनु भयाे ।
व्यवसाय तथा हाेटलबाट निस्किएका कुहिने तथा नकुहिने फाेहरलाई छुट्याई निश्चित स्थानमा व्यवस्थापन गर्न जरूरी रहेकाे बताउदै अध्यक्ष बसेलले दाङकाे प्रवेशद्वार धानखाेलालाई चाडवाडकाे अवसरमा सजिसजाउ गर्नुपर्ने बताउनु भयाे ।
धानखाेलालाई आकर्षणकाे केन्द्र बनाउन चाडबाडमा पतका, रंगराेगन गर्न स्थानीय बजार व्यवस्थापन समिति लाग्नु पर्ने बताउदै उहाँले उद्योग वाणिज्य संघले सक्दाे सहयाेग गर्ने बताउनुभयाे ।
कार्यक्रम संघका उपाध्यक्ष चिन्ताप्रसाद पाेख्रेल, काेषाध्यक्ष दुखहरण यादव, सदस्यहरू राजन खनाल, रमेश कुमार बजगाई, धानखाेला बजार व्यवस्थापन समितिका अध्यक्ष, पदाधिकारी, सदस्यहरू, स्थानीय व्यवसायी तथा पत्रकारहरूकाे सहभागिता रहेकाे थियाे ।
कार्यक्रममा सहभागिहरूले उद्याेग वाणिज्य संघले गरेकाे कामकाे प्रशंसा गर्दै फाेहरमैलालाई निश्चित रूपमा व्यवस्थापन गर्न पालिकासँग समन्वय गरिदिन आग्रह गरेका थिए ।
स्थायी रूपमा फाेहरमैला व्यवस्थापन नहुँदासम्म हप्तामा १ दिन मात्र भए पनि पालिकाकाे ट्याक्टर याे स्थानमा आए सहज हुने स्थानीय व्यवसायीले बताएका छन् ।
संघकाे वार्षिक कार्ययाेजना अन्तरगत कालाकाटे र धानखाेलामा डस्टविन वितरण गरिएकाे कार्यक्रमकाे सहजीकरण काेषाध्यक्ष दुखहरण यादवले गर्नु भएकाे थियाे ।

प्रतिक्रिया दिनुहोस्