नेपाल प्रहरीका ४१ जना एसपीको सरुवा, मकवानपुरमा विश्वराज खड्का

दाङ समाचार
दाङ समाचार ९ आश्विन २०८१, बुधबार
2 Min Read
Aa

दाङ – नेपाल प्रहरीले ४१ जना प्रहरी उपरीक्षकको सरुवा गरेको छ । एसपी विश्वराज खड्काको जिल्ला प्रहरी कार्यालय मकवानपुर सरुवा भएको छ । एसपी खड्का यस अघि काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालय अन्वेषण योजना तथा विकास शाखा रामशाह पथमा कार्यरत हुनुहुन्थ्यो ।

जिल्ला प्रहरी कार्यालय दाङका एसपी राम बहादुर केसीको नेपाल प्रहरी विशेष सुरक्षा गण सुनवल सरुवा भएको छ भने केसीको ठाउँमा अर्जुन प्रसाद तिमिल्सिना आउनु भएको छ । तिमिल्सिना यस अघि नेपाल प्रहरी प्रधान कार्यालय कर्मचारी प्रशासन शाखा नक्सालमा कार्यरत हुनुहुन्थ्यो । त्यसै गरि

त्यसैगरी एसपी सुरेश प्रसाद काफ्लेको नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुशन्धान विभाग अपराध अनुशन्धान रणनीति तथा कार्ययोजना मा सरुवा भएको छ । काफ्ले यस अघि नेपाल प्रहरी प्रदेश कार्यालय सुर्खेत, अपराध अनुशन्धान शाखा ( हाल नेपालगंज बाँके ) मा कार्यरत थिए ।

प्रहरी महानिरीक्षक वसन्त कुँवरले सोमबार ४१ प्रहरी उपरीक्षकको सरुवा तथा काज सम्बन्धी निर्णय गर्नु भएको हो । त्यसैगरी जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रमुख मोहनकुमार थापा प्रहरी प्रधान कार्यालयमा सरुवा हुनु भएको छ ।

उनको ठाउँमा श्यामबाबु ओलीको सरुवा भएको छ । उहाँ आर्थिक अपराध सम्बन्धी अनुसन्धानमा लामो अनुभव भएका प्रहरी अधिकारी हुनुहुन्छ । जिप्रका तनहुँका एसपी अपिलराज बोहराको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतमा सरुवा भएको छ ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख गजुसिद्धि बज्राचार्यको विशेष सुरक्षा गण बेलचौतारा तनहुँमा सरुवा भएको छ । त्यस्तै जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासी, बर्दिया, सिन्धुली, सुनसरी, धनकुटाका प्रमुख पनि फेरिएका छन ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्