दाङ – साइबर अपराध कसुरमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा भएका छन्। मंगलबार काठमाडौँ जिल्ला अदालतमा एक लाख रुपैयाँ धरौटी बुझाएर उनी रिहा भएका हुन्। उनलाई न्यायाधीश ठाकुर प्रसाद खरेलको इजलासले दुई वटा कसुरमा ५०/५० हजार धरौटीमा रिहा गर्न आदेश दिएको थियो।
उनी असोज ६ गते भक्तपुरस्थित निवासबाट पक्राउ परेका थिए। एक महिलालाई सामाजिक सञ्जालबाट जथाभावी भनेपछि प्रसाईलाई विद्युतीय कारोबार ऐनअन्तर्गतको कसुरमा पक्राउ गरिएको थियो।
सामान्यतया प्रहरीले अनुसन्धानका लागि २४ दिनसम्म थुनामा राख्न पाउने भए पनि प्रसाईंको हकमा प्रहरीले चाँडै अनुसन्धान सकेर मुद्दा बुझाएपछि ९ दिनमै छुटेका हुन्।

प्रतिक्रिया दिनुहोस्