दाङ – सांग्रीला डेभलपमेन्ट बैंक लिमिटेडले आज असोज १७ गते लमही नगरपालिका-५ स्थित रहेको श्री गोरक्ष सिद्द रतननाथ मठ परिसरमा सरसफाई गरेको छ । हिन्दुहरुको महान चाड बडादशैंको अवसर पारेर बडादशैंको आज पहिलो दिन घटस्थापनाको दिन मन्दिर परिसरमा सरसफाई गरिएको सांग्रीला डेभलपमेन्ट बैंक लिमिटेड गढवा शाखा प्रमुख तेज बहादुर नेपालीले जानकारी दिनु भयो ।
उक्त सरसफाई कार्यक्रममा नेपालगन्ज क्लस्टर अन्तर्गत रहेको दाङ सब क्लस्टर भित्र रहेका ब्रान्चमा कार्यरत कर्मचारीहरुको सक्रिय सहभागितामा मन्दिर परिसरमा सरसफाई गरिएको हो । बैंकले बिगतका दिनदेखि नै सामाजिक कार्य गर्दै आएको छ । सो अवसरमा घोराही शाखा, लमही शाखा, भालुवाङ शाखा, गढवा शाखाका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्