मोटरसाइकलको ठक्करबाट लमही नगर विकास समितिका कर्मचारीको मृत्यु

दाङ समाचार
दाङ समाचार १८ आश्विन २०८१, शुक्रबार
1 Min Read
Aa

दाङ – देउखुरीमा मोटर साइकलको ठक्करबाट एक जनाको ज्यान गएको छ । ज्यान जानेमा लमही नगरपालिका-६ कुलामोहर बस्ने वर्ष ४६ का मंगल विक रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता इश्वर थापाले जानकारी दिनु भयो । विक लमही नगर विकास समितिका कार्यालय सहयोगी हुनुहुन्छ । मोटरसाइकलले हिज विकलाई ठक्कर दिएको थियो ।

हिज बिहिबार पुर्बबाट पश्चिम तर्फ जाँदै गरेको रा ६ प ५४३० नम्बरको मोटर साइकलले बिपरित दिशाबाट आउँदै गरेको साइकललाई ठक्कर दिंदा लमही नगर विकास समितिका कार्यालय सहयोगी विक गम्भीर घाइते हुनु भएको थियो ।

गम्भीर घाइते विकलाई उपचारका लागि कोहोलपुर रिफर गरिएको थियो उहाँको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । ठक्कर दिने मोटरसाइकल चालक लमही नगरपालिका- ८ बस्ने वर्ष २२ का एरोन चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्