“सीमा रहित शान्ति” चित्रकला प्रतियोगिता सम्पन्न, आयुष थारु प्रथम

दाङ समाचार
दाङ समाचार १९ आश्विन २०८१, शनिबार
1 Min Read
Aa

दाङ – लमहीमा शनिबार ११ देखि १३ वर्ष सम्मका बालबालिकालाई विश्व शान्तिमा आधारित चित्रकला प्रदर्शनी कार्यक्रम सम्पन्न भएको छ । उक्त प्रदर्शनीमा “सीमा रहित शान्ति “शीर्षकमा चित्रकला प्रतियोगिता भएको हो ।

प्रतियोगितामा खिम बहादुर शाह माध्यामिक विद्यालय कोलहीका छात्र आयुष थारु प्रथम, घुम्ना लिटिल स्टारका आयुष नेपाली द्वितिय र खिम बहादुर शाह माध्यामिक विद्यालय कोलहीका छात्रा प्रमिला सिंह ठकुरीले तृतिय स्थान हासिल गर्नु भएको छ । उत्कृष्ट चित्रकलालाई लायन्स इन्टरनेसनलमा पठाइने छ।

लायन्स क्लव अफ देउखुरी गोरक्षको आयोजनामा कार्यक्रम भएको हो । प्रथम हुनेलाई नगद २ हजार, द्वितीय हुनेलाई १ हजार ५ सय र तृतीय हुनेलाई १ हजार रुपैयाँ सहित प्रदर्शनीमा उत्कृष्ट भएका बालबालिकालाई लायन्स क्लव अफ देउखुरी गोरक्षले प्रमाणपत्र प्रदान गरेको छ ।

लायन्स क्लव अफ देउखुरी गोरक्षका अध्यक्ष लायन मधु न्यौपानेको प्रमुख आतिथ्यता एवम् शिक्षा विभाग प्रमुख लायन बिलोचन चौधरीको अध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रममा लमही नगरपालिका भित्र रहेका सामुदायिक र संस्थागत गरि दशवटा विद्यालयका बालबालिकाहरुको उपस्थिति रहेको थियो ।

लायन शेषदत्त चौधरीले स्वागत मन्तव्य राख्नु भएको थियो भने लायन लोकराज पौडेलले कार्यक्रमको सन्चालन गर्नु भएको थियो । देउखुरी बहुमुखी क्याम्पस लमहीका प्रमुख शिव ओली र नागरिक समाज दाङका संयोजक नीम बहादुर थापाले चित्रकला प्रदर्शनीमा निर्णायकको भूमिका निर्वाह गर्नु भएको थियो ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्