दाङ– जिल्ला प्रहरी कार्यालय मकवानपुरले तीन सय ९२ किलो गाँजा नियन्त्रणमा लिएको छ ।
आज बिहान सवा तीन बजेको समयमा प्रहरी चौकी रातोमाटे मकवानपुरबाट खटिएको प्रहरी टोलीले जिल्ला मकवानपुर हेटौडा उप महानगरपालिका वडा नं. १५ रातोमाटे चेकपोष्ट स्थित पुर्व पश्चिम लोकमार्ग सडकमा बिशेष सुचनाको आधारमा पालुङबाट बिरगंज तर्फ जादै गरेको ना ७ ख १७७१ को पेट्रोलिङ पदार्थ ओसार पसार गर्ने ट्याङकर गाडीलाई रोकी चेकजाँच गर्ने क्रममा उक्त परिमाणको गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका एसपी विश्वराज खड्काले जानकारी दिनु भयो ।
पक्राउ पर्नेमा जिल्ला मकवानपुर मनहरी गाउँपालिका- ९ ज्यामिरे बस्ने ट्याङकर चालक बर्ष २६ को रोशन पुरी र सोही ठाउँ बस्ने सहचालक बर्ष २२ को धन बहादुर मल्ल रहेका छन ।
लागूऔषध र ट्याङकर गाडी सहित पुरी र मल्ललाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको एसपी खड्काले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्