डडेल्धुरामा बस दुर्घटना हुँदा चार जनाको मृत्यु

दाङ समाचार
दाङ समाचार ३० आश्विन २०८१, बुधबार
1 Min Read
Aa

दाङ – डडेल्धुरामा बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बैतडीको पुर्चौडी नगरपालिका-३ का ४५ वर्षीया जैमती बोहोरा, २१ वर्षीया कमला बोहोरा, उनका दुई दिने नाबालक शिशु र २२ वर्षीय सहदेव बोहोराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरीक्षक उपेन्द्र बमले जानकारी दिए ।

दुर्घटनामा १२ जना घाइते भएका छन् । अमरगढी नगरपालिका-७ को खसरेखानमा गएराति पवनदुत यातायातको ना ८ ख १०७८ नम्बर बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

गम्भीर अवस्थामा डडेल्धुरा अस्पताल पुगाइएका उनीहरूलाई चिकित्सकले मृत घोषणा गरेका हुन् । बस महेन्द्रनगरबाट बैतडीको पुर्चौडीतर्फ गइरहेको थियो । दुर्घटनामा घाइते भएका १२ जनाको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ । बसमा १७ जना सवार रहेकोमा एक जना सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्