सातदोबाटोमा गुडिरहेको बसमा आगलागी, यात्रु सुरक्षित

दाङ समाचार
दाङ समाचार ३ कार्तिक २०८१, शनिबार
0 Min Read
Aa

दाङ – ललितपुरको सातदोबाटोमा बसमा आगलागी भएको छ । शनिबार अपरान्ह पौने ५ बजे चक्रपथमा चल्ने बा ४ ख १०६ नम्बरको महानगर यातायातको बसमा आगलागी भएको ट्राफिक प्रहरी इन्सपेक्टर भुपेन्द्र गिरीले जानकारी दिए ।

बसमा आगलागीको कारण खुलेको छैन । चालकका अनुसार इन्जिनबाट एक्कासी आगलागी भएको थियो । बसमा धुँवा देखिनेवित्तिकै यात्रुहरु झरेका थिए । सबै यात्रुहरु सुरक्षित रहेको गिरीले बताए ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्