दाङ – लमहीको जैविक विविधता ग्रीनपार्क भित्र सिद्धार्थ बैंकले निर्माण गरेको आवासीय प्रतिक्षालय सामुदायिक वनलाई हस्तान्त्रण गरेको छ । आइतवार एक औपचारिक कार्यक्रमका बिच सिद्धार्थ बैंकले जैविक विविधता ग्रीनपार्क भित्र २ लाख ८३ हजार ९ सय ९९ रुपैयाँ मुल्य बराबरको प्रतिक्षालय अजम्मरी सामुदायिक वन उपभोक्ता समूहलाई हस्तान्त्तण गरेको सिद्धार्थ बैंक लमही शाखा प्रमुख सुवास शाहीले जानकारी दिनु भयो।
लमही नगरपालिका नगर प्रमुख जोगराज चौधरीको प्रमुख अतिथिमा सम्पन्न कार्यक्रममा लमही नगरपालिका – वडाध्यक्ष ओमप्रसाद सुबेदी, अजम्मरी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष पवन शर्मा रिजाल, सिद्धार्थ बैंक लमही शाखा प्रमुख सुवास शाही, जैविक विविधता ग्रीनपार्कका डिजाइनर प्रमोद गौतम लगायतले शुभकामना मन्तब्य राख्नु भएको थियो ।
कार्यक्रमको सहजिकरण समूहका प्रेस सल्लाहाकार शिवु खनालले गर्नुभएको थियो । कार्यक्रममा सामुदायिक वनका पदाधिकारी, बैंकका कर्मचारीहरु र सामुदायिक वनको कार्यालय सचिव सुस्मा नेपाली लगायतको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्