दाङ – नेपाली कांग्रेसका नेता जन्मजय तिमिल्सिना लुम्बिनी प्रदेश सरकारको सामाजिक विकास मन्त्री बन्ने भएका छन । बर्दियाका कांग्रेस नेता तिमिल्सिनासंगै पश्चिम नवलपरासीका देवकरण कलबार तथा जसपाबाट बाँकेका आदेशकुमार अग्रवाल पनि मन्त्री बन्ने भएका छन । कलबारले वन तथा वातावरण र अग्रवालले आन्तरिक मामिला मन्त्रालयको जिम्मेवारी पाउने बताइएको छ ।
मन्त्रीपरिषद् पुनर्गठनका लागि मुख्यमन्त्री आचार्यले थप तीनजाना मन्त्रीको नाम प्रदेश प्रमुखलाई सिफारिस गरेको मुख्यमन्त्री कार्यालयले जनाएको छ । मन्त्रीपरिषदमा तीन जना नयाँ मन्त्री थपेसँगै लुम्बिनी प्रदेश सरकारले पूर्णता पाउने छ । मवानियुक्त मन्त्रीहरुको बिहीबार शपथको लागि तयारी गरिएको मुख्यमन्त्री आचार्यका प्रेस संयोजक दशरथ घिमिरेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्