२ किलो १९६ ग्राम अवैध चाँदी सहित १ भारतीय नागरिक पक्राउ

दाङ समाचार
दाङ समाचार १२ कार्तिक २०८१, सोमबार
1 Min Read
Aa

दाङ – जिल्ला प्रहरी कार्यालय मकवानपुरले २ किलो १ सय ९६ ग्राम अवैध चाँदी सहित १ जना मानिसलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत बिहार राज्य मधुवनी जिल्ला जेटीयाही पन्चायत पर्जुआर टोल बस्ने बर्ष ४८ को मनोज कुमार झा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रमुख एसपी विश्वराज खड्काले जानकारी दिनु भयो ।

यहि कार्तिक ११ गते राति करिब ११ बजेको समयमा विशेष सुचनाको आधारमा प्रहरी चौकी रातोमाटे मकवानपुरबाट खटिएको प्रहरी टोलीले जिल्ला मकवानपुर हेटौडा उप महानगरपालिका – १५ स्थित रातोमाटे चेकपोईन्ट अगाडी पुर्व पश्चिम सडकखण्डमा पथलैयाबाट हेटौडातर्फ आउँदै गरेको ना ६ ख ७२६२ नम्बरको यात्रुबाहक बसलाई रोकी चेकजांच गर्ने क्रममा सामान सहित झालाई नियन्त्रणमा लिएको एसपी खड्काले बताउनु भयो ।

झालाई बसबाट ओराली खानतलासी गर्दा उनले आफ्नो शरीरको छातीमा फल्स बटम बनाई ३२ थान चाँदीको मुर्तीहरु लुकाई छिपाई ल्याईएको अवस्थामा फेला परेको थियो । उक्त मुर्तीहरुको तौल गर्दा २ किलो १९६ ग्राम ( आजको बजार मुल्य अनुसार रू.३,६६,५४९।- रहेको ) उक्त चाँदीको मुर्तीहरु सहित झालाई नियन्त्रणमा लिई थप अनुसन्धान तथा कारबाहीको लागी राजश्व अनुसन्धान कार्यालय पथलैया बारा पठाईएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले बताएको छ ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्