प्रचण्डसहित माओवादी नेताहरुविरुद्ध अख्तियारमा उजुरी

दाङ समाचार
दाङ समाचार १३ कार्तिक २०८१, मंगलवार
1 Min Read
Aa

दाङ – नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित माओवादी नेताहरुविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ।

अध्यक्ष प्रचण्डसहित माओवादी नेताहरु वर्षमान पुन, जनार्दन शर्मा, पूर्वउपराष्ट्रपतिसमेत रहेका नन्दकिशोर पुन, चक्रपाणि खनाल, सन्तु दराई, सुकबहादुर रोका, धनबहादुर मास्के, यमबहादुर अधिकारी, तेजबहादुर ओली, गणेशमान पुन, गणेशमान पुन, कालीबहादुर खाम र महेन्द्र बहादुर शाहीविरुद्ध युवराज सफलले अख्तियारमा उजुरी दिएका हुन्।

उनीहरुविरुद्ध लडाकु शिविरमा भएको भ्रष्टाचारउपर छानबिन गरी आवश्यक कारबाही गर्न उजुरीमा माग गरिएको छ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्