सप्तरीको त्रियुगा नदीमा डुबेर दुई बालिकाको मृत्यु र एकजना बेपत्ता

दाङ समाचार
दाङ समाचार २० कार्तिक २०८१, मंगलवार
1 Min Read
Aa

दाङ – सप्तरीको कञ्चनरुप नगरपालिका–४ स्थित त्रियुगा नदीमा डुबेर आज दुई बालिकाको मृत्यु र एकजना बेपत्ता भएका छन् । स्थानीय श्रवण महतोकी नौ वर्षीया छोरी प्रतिभा महतो र सुरेश सदाकी आठ वर्षीया छोरी जितनी सदाको नदीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक उदायकुमार रायले जानकारी दिए ।

रायका अनुसार कञ्चनरुप नगरपालिका–४ जगतपुरस्थित धनकटामा रहेको त्रियुगा नदीमा नुहाउने क्रममा तीन बालिका डुबेकामा दुई जनाको मृत्यु भएको र स्थानीय आठ वर्षीया काजल खंग अझै बेपत्ता छिन् । बेपत्ता भएका बालिकाको खोजीकार्य जारी छ ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्