कैलालीमा भरुवा बन्दुकसहित ६५ वर्षीय बुढामगर पक्राउ

दाङ समाचार
दाङ समाचार २१ कार्तिक २०८१, बुधबार
1 Min Read
Aa

दाङ– कैलालीबाट भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन् । गोदावरी नगरपालिका- ४ तखरे गाउँ बस्ने ६५ वर्षीय लालबहादुर बुढामगर पक्राउ परेका हुुन् ।

बुढामगरले आफ्नै घरबाट अन्दाजी ५० मिटर पुर्व पर्ने चैतडा सामुदायिक जंगलको खोल्सोमा लुकाई छिपाई राखेको अवस्थामा २ नाल लोड गरेको भरूवा बन्दुक, झोलाभित्र ४ ओटा फलाम, ४ ओटा सिसाको गोली र २ सय ग्राम बारुद समेत लुकाएकाे अवस्थामा फेला पारी बरामद गरेको हो ।

अस्थायी प्रहरी पोष्ट गोदावरीबाट खटिएको प्रहरी टोलीले हातहतियार सहित उनलाई नियन्त्रणमा लिएको छ । सो सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएकाे छ ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्