योग्यता विनाका व्यक्तिहरूलाई सचिवालयमा नियुक्ति गरेको भन्दै मापदण्ड तोक्न माग गर्दै सर्वोच्चमा रिट

दाङ समाचार
दाङ समाचार २८ कार्तिक २०८१, बुधबार
1 Min Read
Aa

दाङ – संघीय संसदका पदाधिकारीहरूको सचिवालयमा रहने कर्मचारीहरूको स्तरअनुसार योग्यताको मापदण्ड तोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ ।

अधिवक्ता माधवराज शर्मा पोखरेलले संघीय संसदका पदाधिकारीहरूले योग्यता विनाका व्यक्तिहरूलाई आफ्नो सचिवालयमा नियुक्ति गरेको भन्दै मापदण्ड तोक्न माग गरेका हुन् । उनले संघीय संसदका पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन, २०७३ मा यो विषय समावेश गर्न माग गरेका छन् ।

संचार माध्यममा सांसदका स्वकीय सचिव, ८ कक्षा पढेकालाई अधिकृतको तलब शीर्षकमा समाचार प्रकाशित भएका थिए । त्यसैलाई आधार मान्दै अधिवक्ता शर्माले सांसदको स्वकीय सचिवालयमा रहने कर्मचारीहरूको मापदण्ड तोक्ने कानुन बनाउन आदेशको माग गरेका हुन् ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्