भान्जाको ह्यत्या आरोपमा मामा पक्राउ

दाङ समाचार
दाङ समाचार २८ कार्तिक २०८१, बुधबार
1 Min Read
Aa

दाङ– अर्घाखाँचीको शितगंगा नगरपालिकामा भान्जाको हत्या आरोपमा मामा पक्राउ परेका छन । ३५ वर्षीय तिलक रेश्मी नजिकैको भिरपाखोमा मृत अवस्थामा फेला परेका थिए।

उनको हत्यामा शितगंगा नगरपालिका- ६ सानाढुंग्रेका ५३ वर्षीय झन्द्रबहादुर गाहाको संलग्नता रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख डीएसपी चक्रबहादुर मल्लले बताए ।

सोमबार साँझ दुबै जना मादक पदार्थ सेवन गरेको र दुईबीच झगडा हुँदा राति १ बजेतिर घटना घटेको प्रहरीको अनुसन्धानबाट खुलेको हो। प्रहरीले गाहामाथि कानुनी काराबाहीको प्रक्रिया सुरु गरेको छ। अर्घाखाँची जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको डीएसपी मल्लले बताए।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्