लामो समयदेखि मिर्गौला रोगबाट पीडित वडा अध्यक्ष साहको निधन

दाङ समाचार
दाङ समाचार ३० कार्तिक २०८१, शुक्रबार
0 Min Read
Aa

दाङ – रौतहटको ईशनाथ नगरपालिका–१ का वडाध्यक्ष बिगु साहको उपचारका क्रममा निधन भएको छ । उनी लामो समयदेखि मिर्गौला रोगसँग पीडित थिए ।

वडाध्यक्ष साह २०७४ सालको स्थानीय निर्वाचनमा नेपाली कांग्रेसबाट र २०७९ को निर्वाचनमा लोकतान्त्रिक समाजवादी पार्टीबाट निर्वाचित भएका थिए ।

त्यसैबीच, रौतहट क्षेत्र नं २ बाट प्रतिनिधिसभामा निर्वाचित सांसद किरणकुमार साहले वडाध्यक्ष साहको निधनप्रति दुःख व्यक्त गर्दै शोकाकुल परिवारजनामा समवेदना प्रकट गरेका छन् ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्