दाङ– दाङ लमही नगरपालिकाले कार्यपालिका सदस्यकाे निधनमा बुधबार शाेक विदा दिएको छ ।
लमही नगरपालिका-६ निवासी भविराज सुनुवारकाे ५७ बर्षकाे उमेरमा निधन भएपछि नगरपालिकाले बुधबार शाेक विदा दिने निर्णय गरेकाे नगर प्रमुख जाेगराज चाैधरीले जानकारी दिए ।
नगर कार्यपालिकाकाे कार्यालय, वडा कार्यालय, विद्यालयहरुमा विदा दिने निर्णय गरिएको हाे ।

प्रतिक्रिया दिनुहोस्