दाङ – नेपाली कांग्रेसका महासमिति सदस्य मोहन गिरीले कांग्रेस पार्टीलाई बलियो गराउन सबैको भूमिका जरुरी भएको बताउनु भएको छ । नेपाली कांग्रेसको १०० दिने विशेष अभियान अन्तर्गत आज कार्तिक ७ गते लमही नगरपालिका- ९ जलकुण्डीमा आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै गिरीले हिजका दिनमा के-के भए ति सबै तितामिठा कुरालाई सबैले भुल्नु पर्छ, नेता कार्यकर्ता सबै सच्चिएर अगाडी बढ्नु पर्ने बेला भएको छ, यो कुरा सबैले मनन गर्नु पर्छ’- गिरीले भन्नु भयो ।
जलकुण्डी गाउँ समिति सभापति पर्वतराज खड्काको सभापतित्व तथा नेपाली कांग्रेस महासमिति सदस्य मोहन गिरीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । लमही नगरपालिका-९ का वडाअध्यक्ष भेषबहादुर केसीको पनि उपस्थिति रहेको थियो । कार्यक्रममा सहभागी भएका कार्यकर्ताले संगठन सुधार तथा भौतिक विकास निर्माण सम्बन्धमा धारणा राखेका थिए । कार्यक्रमको सहजीकरण वडा सचिव नवराज वलीले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्