दाङ – मोटरसाइकल एक आपसमा ठोक्किदा देउखुरीमा एक जनाको ज्यान गएको छ । ज्यान जानेमा लमही नगरपालिका -३ मजगाउँ निवासी अन्दाजी ५० वर्षिय राज बहादुर चौधरी रहेको इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक कालिका कार्कीले जानकारी दिनु भएको छ ।
सो दुर्घटनामा राप्ती गाउँपालिका-४ मौरीघाट निवासी वर्ष ३६ का बाबुराम चौधरी घाइते हुनु भएको छ । उहाँको अहिले बुटवलमा उपचार भैरहेको छ ।
हिज आइतबार राती साढे आठ बजेको समयमा गढवा गाउँपालिका -३ धैरेनीमा रा ६ प १७६२ नम्बरको मोटरसाइकल र लु ६६ प ३८१५ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनाबाट गम्भीर घाइते भएका राज बहादुरको लमही अस्पतालमा उपचारका क्रममा ज्यान गएको र अर्का घाइते बाबुरामलाई थप उपचारका लागि बुटवल पठाइएको प्रहरीले बताएको छ ।
मोटरसाइकल चालकहरुलाई केही भएको छैन भने मृतक राज बहादुर र घाइते बाबुराम मोटरसाइकलको पछाडी सवार भएको प्रहरीले बताएको छ । दुबै मोटरसाइकलका चालकलाई गढवा प्रहरीले नियन्त्रणमा लिएको छ ।
मोटरसाइकल दुर्घटनामा ज्यान गुमाएका राज बहादुरको शव पोष्ट मार्टमका लागि लमही अस्पतालमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्