कीर्तिपुर नपाको प्रमुखमा कांग्रेसका डंगोल विजयी

दाङ समाचार
दाङ समाचार १८ मंसिर २०८१, मंगलवार
1 Min Read
Aa

दाङ – कीर्तिपुर नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार कृष्णमान डंगोल विजयी हुनुभएको छ । उहाँले पाँच हजार ३३४ मत ल्याएर विजयी हुनुभएको हो । कीर्तिपुरका निर्वाचन अधिकृत इन्दिरा कार्कीका अनुसार कांग्रेसका डंगोलले पाँच हजार ३३४ मत ल्याएर विजयी हुनुभएको छ ।

यसैगरी, नेकपा (माओवादी केन्द्र) का शिवशरण महर्जनले चार हजार ५५५ मत प्राप्त गर्नुभएको छ । नेकपा (एमाले) का सुरेन्द्र मानन्धरले चार हजार ३३७ मत प्राप्त गर्नुभएको छ ।

गत निर्वाचनबाट नेपाली कांग्रेसबाट निर्वाचित कीर्तिपुर नगरपालिकाका प्रमुख राजकुमार नकर्मीको गत साउन १० गते निधन भएको थियो ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्