हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्षमा माओवादी केन्द्रकी तिमल्सिना निर्वाचित

दाङ समाचार
दाङ समाचार १८ मंसिर २०८१, मंगलवार
1 Min Read
Aa

दाङ– हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्षमा माओवादी केन्द्रकी देवकी तिमल्सिना निर्वाचित भएकी छन् । उनी १ हजार ६३६ मतसहित निर्वाचित भएकी हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काङ्ग्रेसकी सविता बुढाले १ हजार ५९३ मत पाइन् ।

यस्तै तेस्रो स्थानमा रहेकी एमालेकी उम्मेदवार जाना शाहीले १ हजार १३२ मत प्राप्त गरेकी थिइन् । यसअघि सर्केगाड गाउँपालिकाको उपाध्यक्षमा नेकपा माओवादीकै चन्द्रसिंह कार्की थिए । उनको सडक दुर्घटनाका कारण मृत्यु भएपछि रिक्त पदमा उपनिर्वाचन भएको हो ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्