इजरायलले भन्यो- विपिन जोशी जीवित छन्

दाङ समाचार
दाङ समाचार २० मंसिर २०८१, बिहीबार
1 Min Read
Aa

दाङ – नेपालका लागि नवनियुक्त इजरायली राजदूत स्मुलिक एरी बासले हमास लडाकुहरुले अपहरणमा पारेका नेपाली विद्यार्थी विपिन जोशी जीवित रहेको बताएका छन्।

राजधानीमा बिहीबार पत्रकारहरूसँग छलफल गर्ने क्रममा इजरायली राजदूत बासले अरब स्रोतहरूले विपिन जोशी जीवित रहेको जानकारी दिएको बताएका हुन्।

उनले पत्रकारहरुसँग भने- ‘अरब स्रोतहरूले विपिन जोशी जीवित रहेको बताएका छन्। तर, उनलाई कहाँ राखिएको छ र अहिले कुन अवस्थामामा छन् भन्ने हामीलाई थाहा छैन।’

उनले विपिन चाँडै नेपाल फर्कने आशा राखेको पनि बताए। ‘उनी अपहरणमा परेका कैयौँ व्यक्तिमध्ये रिहा हुनेमध्ये एक हुनुहुनेछ भन्ने विश्वास छ,’ उनले भने।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्