काङ्ग्रेसको सय दिने विषेश अभियान तरुलियामा सम्पन्न

दाङ समाचार
दाङ समाचार २१ मंसिर २०८१, शुक्रबार
2 Min Read
Aa

दाङ – नेपाली काङ्ग्रेसको सय दिने विशेष अभियान कार्यक्रम आज शुक्रबार लमही नगरपालिका -९ को तरुलियामा सम्पन्न भएको छ ।

नेपाली काङ्ग्रेस जिल्ला कार्य समिति दाङबाट खटाईएका जिल्ला प्रतिनिधि तथा महासमिति सदस्य मोहन गिरीको उपस्तिथिमा कार्यक्रम गरिएको हो । उहाँले स्थानीयले उठाएका आवश्यकताका मागहरुको सम्बोधन हुनेगरि गर्न आफुले पहल गर्ने बताउनु भयो ।

लमही नगरपालिकाबाट वजेट विनियोजन गर्दा विकट क्षेत्रलाई प्राथमिकतामा राखिने नेता गिरीको भनाई छ । कोल्तरामा रहेको प्राथमिक विद्यालय भ्युसनपुरलाई कक्षा आठसम्म संचालन गर्न सकिन्छ कि सकिँदैन भन्ने विषयमा पनि पालिकासंग छलफल गरिने बताउनु भयो ।

महासमिति सदस्य गिरीले आगामी आर्थिक वर्षमा अन्य क्षेत्रका वजेट कटौती गरेर भएपनि तरुलियाको समस्यालाई सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।

त्यसैगरी कोल्तरा र तरुलियाका स्थानीयलाई सेवा प्रवाह गर्ने गरि कोल्तरामा उपस्वास्थ्य चौकी स्थापनाको लागि पहल गर्ने उहाँको भनाई छ ।

स्वास्थ्यचौकी, एम्बुलेन्स, विद्यालय बस , खानेपानी लगायतका आधारभुत आवश्यकताको माग गरेका छन ।

विद्यालय टाढा छ, हाम्रा बालबालिकालाई विद्यालय पठाउन साह्रै समस्या भएको छ”- तरुलियाका स्थानीय चन्द्र बहादुर घर्तीले बताउनु भयो ।

त्यसैगरी तरुलियाकै स्थानीय रेश्मा कुमालले तरुलियामा विद्यालय बसको व्यवस्था गर्दिनु पर्ने बताउनु भयो । दुई घन्टा पैदल यात्राको दुरिमा हाम्रा बाबुनानी पढ्न जान्छन, बिचमा जंगल छ स्कुलबाट घर नआउँदासम्म तनाव हुन्छ”- कुमालले भन्नू भयो ।

नेपाली काङ्ग्रेस लमही नगरपालिका -९ का वडा सभापति लिलाधर खड्काको सभापतित्व एवम नेपाली काङ्ग्रेस महासमिति सदस्य मोहन गिरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको सन्चालन वडा सचिव नवराज वलीले गर्नु भएको थियो ।

नेपाली काङ्ग्रेसको सय दिने विशेष अभियान कार्यक्रम मंसिर २८ गते तेलियामा हुने वडा सभापति लिलाधर खड्काले बताउनु भयो । सो कार्यक्रममा उपस्थितिका लागि काङ्ग्रेसप्रती आस्था राख्ने सम्पूर्ण वडाबासीहरुमा अनुरोध गर्नु भएको छ ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्