समुदायको सक्रियतानै संरक्षणको आधार

दाङ समाचार
दाङ समाचार ५ पुष २०८१, शुक्रबार
2 Min Read
Aa

दाङ – मध्य राप्ती जलाधार क्षेत्रलाई आधार मानेर जैविक विविधता संरक्षणलाई लक्षित गरेर सद्भाव राप्ती परियोजना सञ्चालन भएको थियो । यो परियोजनाले पाँच महिनाको अवधिमा मध्य राप्ती जलाधार क्षेत्रसंग जोडिएका संरक्षण समुह, सामुदायिक वन, होमस्टे लगायतलाई आधार मानेर विभिन्न क्रियाकलाप गरिएको थियो । यो अवधिमा गरिएका क्रियाकलापको बारेमा समिक्षा गरिएको छ ।

यूएसएड जल जंगल परियोजना अन्तरगत मानव कल्याण तथा वातावरण संरक्षण केन्द्रको आयोजनामा शुक्रबार लमहीमा जैविक विविधता सम्वन्धि अभिमुखीकरण एवम् परियोजना समापन कार्यक्रम गरिएकोछ । समुदायको सक्रियतामा वन, वातावरण, जैविक विविधताको संरक्षण सम्भव रहेको निस्कर्ष निकालिएको छ ।

मानव कल्याण तथा वातावरण संरक्षण केन्द्रका कार्यवहाक अध्यक्ष कुमारराज श्रेष्ठको अध्यक्षता तथा राप्ती गाउँपालिकाका उपाध्यक्ष कमलापती चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा चौधरीले पालिकाले बनाएको जलिय जैविक विविधता संरक्षण ऐन कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो । सो अवसरमा राजपुर गाउँपालिका वडा नं. १ का अध्यक्ष सूर्यप्रसाद चौधरी, यूएसएड जल जंगल परियोजनाका टिम लिडर भास्कर भट्टराई, गढवा वन तथा वातावरण समन्वय समितिका अध्यक्ष पुष्पा यादव, नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य लिला शाह, सामाजिक अभियन्ता पुष्पराज अधिकारी, डिभिजन वन कार्यालय देउखुरीका बरिष्ठ फरेस्टर चिरञ्जिवी खनाल, उद्यमी श्रीकुमारी चौधरी, मानव कल्याण तथा वातावरण संरक्षण केन्द्रका निवर्तमान अध्यक्ष निर्मला गौतम लगायतका वक्ताहरुले मन्तब्य ब्यक्त गर्नु भएको थियो ।

कार्यक्रममा मानव कल्याण तथा वातावरण संरक्षण केन्द्रका कार्यकारी निर्देशक प्रदिप मजयैयाँले परियोजनाका उपलब्धीबारे प्रकाश पार्नु भएको थियो । संस्थाका सचिव मायाँ पोख्रेलले स्वागत मन्तब्य ब्यक्त गर्नु भएको थियो भने कार्यक्रमको सहजीकरण पत्रकार दशरथ घिमिरेले गर्नु भएको थियो ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्