दाङ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कार्यवाहक सभापतिको जिम्मेवारी डीपी अर्यालले पाएका छन् । रास्वपाको सोमबार बसेको सचिवालय बैठकले कार्यवाहक सभापतिको जिम्मेवारी अर्याललाई दिने निर्णय भएको एक पदाधिकारीले जानकारी दिए ।
सम्पत्ति शुद्धीकरण ऐनअनुसार पार्टी सभापति रवि लामिछानेको सांसद पद स्वतः निलम्बनमा पर्ने भएपछि अर्याललाई कार्यवाहक सभापतिको जिम्मेवारी तोकेको हो । जारी भर्चुअल बैठकमा पछिल्लो समसामयिक राजनीति लगायतका विषयमा छलफल चलिरहेको उनले जानकारी दिए ।सभापति रवि लामिछानेको सांसद पद निलम्बनमा पर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्