सडक दुर्घटनामा परि प्रहरी जवानको मृत्यु

दाङ समाचार
दाङ समाचार ९ पुष २०८१, मंगलवार
1 Min Read
Aa

दाङ – मोटरसाइकल दुर्घटनामा परि देउखुरीमा एक प्रहरीको ज्यान गएको छ । ज्यान जानेमा लमही नगरपालिका -४ भुरिपुर घर भइ हाल वडा प्रहरी कार्यालय लमहीमा कार्यरत प्रहरी जवान गणेश चौधरी रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डिएसपी इश्वर थापाले जानकारी दिनु भएको छ ।

सोमबार बेलुका साढे सात बजे लमही नगरपालिका- ७ पदमिनी सोता नजिकै बिग्रेर रोकि राखेको लु १ ख ९३५२ नम्बरको ट्रकमा लुम्बिनी प्रदेश ०००२ प ११४८ नम्बरको मोटसाइकल ठोक्किदा मोटरसाइकलमा सवार प्रहरी जवान चौधरीको मृत्यु भएको हो ।

ड्युटी सकेर कार्यालय फर्किने क्रममा दुर्घटनामा परेका थिए । घाइते चौधरीको लमही अस्पतालमा उपचारका क्रममा ज्यान गएको दाङ प्रहरीले जानकारी दिएको छ ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्