माछा मार्ने क्रममा डुबेर एक महिलाको ज्यान गयो

दाङ समाचार
दाङ समाचार १४ पुष २०८१, आईतवार
1 Min Read
Aa

दाङ – माछा मार्ने क्रममा पानी डुबेर देउखुरीमा एक महिलाको ज्यान गएको छ ।

ज्यान जानेमा गढवा गाउँपालिका- ६ गढवा निवासी ६३ वर्षिय ढोरी कुमाल रहेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ । गढवा बजारदेखि केही दुरि पुर्वमा रहेको प्रनाह खोलमा माछा मार्ने क्रममा कुमालको ज्यान गएको हो ।

आइतबार बिहान ११ बजेखाना खाएर खोलामा माछा मार्न भनेर उनी नजिकैको प्रनाह खोलामा गएको उनका देवर कालू कुमालले बताए । भाउजू अबेरसम्म घर नफर्किए पछी खोज्दै जादा पानीमा डुबेको अवस्थामा फेला पारेको उनले बताए ।

अचेत अवस्थामा फेला परेकी कुमाललाई उपचारका लागि लमही अस्पतालमा ल्याइएपनि चिकित्सकले उनलाई मृत घोषित गरेका थिए ।

मृतक कुमालको शव अहिले लमही अस्पतालमा राखिएको र पोष्ट मार्टम पछि आफन्तलाई जिम्मा लगाइने प्रहरीको भनाई छ ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्