‘साली हो वरको छायाँले….’ को रिमेक भर्सन सार्वजनिक ( भिडियोसहित )

दाङ समाचार
दाङ समाचार १५ पुष २०८१, सोमबार
1 Min Read
Aa

दाङ -‘साली हो वरको छायाँले…’ बोलको गीतको रिमेक भर्सन सार्वजनिक भएको छ । आज आइतबार श्री इन्टरटेन्मेन्ट युट्युब च्यानलबाट म्युजिक भिडियो सार्वजनिक गरिएको हो ।

२०५७ सालमा ‘पिपल बोटैमा’ एल्बममा समावेश गरिएको गीतलाई रिमेक गरिएको छ । रिमेक भर्ससनमा गायक श्री चौधरी र बाल गायिक सुरक्षा बाँठा मगरले स्वर दिएका छन् । मारुनी डिजिटल रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गीतमा रोशन रत्गैयाले एरेन्ज गरेका छन् ।

२०५७ सालमा सार्वजनिक भएको साली हो वरको छायाँले बालको गीतमा माधव चौधरी ‘अनुरागी’, सालिकराम चौधरी ‘सौगात’ र पवित्रा घर्ती मगरको स्वर रहेको थियो । शब्द रचना आदिम के.सी र संगीत प्रकाशप्रिय कुशुम्याको रहेको छ । रिमा रेकर्डिङमा रेकर्ड भएको गीतलाई सुसेली संगीतले बजारमा ल्याएको थियो ।

https://www.youtube.com/watch?v=zxZfgIYH-uQ

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्