दाङ – लमही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको यहि पुस २७ गते हुन गइरहेको निर्वाचनमा नेकपा एमालेको प्रगतिशील प्यानलबाट उपाध्यक्ष पदको उम्मेदवार बन्नु भएको लक्ष्मी खड्काले आफ्नो उम्मेदवारी फिर्ता लिदै संयुक्त लोकतान्त्रिक प्यानललाई सहयोग गर्ने बताउनु भएको छ ।
साथै खड्काले संयुक्त लोकतान्त्रिक प्यानलबाट अध्यक्ष पदका उम्मेदवार विनोद कुमार पाण्डे ( चुनाव चिन्ह बाघ) को टिमलाई समर्थन गरेको समेत जानकारी दिनु भयो ।
खड्काले आज एक प्रेस पत्र जारी गर्दै घरायसी तथा व्यवसायीक काममा व्यस्तता हुनु पर्ने भएकोले आसन्न खानेपानीको निर्वाचनमा उपाध्यक्ष पदको उम्मेदवारी फिर्ता लिएको र आफुले नेकपा एमाले समेत परित्याग गरि नेपाली काङ्ग्रेसमा प्रवेश गरेको पनि जानकारी गराउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्