दाङ – बसको ठक्करबाट रोल्पामा एक जनाको मृत्यु भएको छ । रुन्टीगढी गाउँपालिका–६ डुब्रीङका अन्दाजी ७५ बर्षिय वृद्धा मनबुजा विकलाई आज बेलुका पौने ५ बजेतिर बसले ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको हो ।
विकलाई घोराहीदेखि डुब्रिङ रोल्पाका लागि छुटेको रा १ ख २३५६ नम्बरको यात्रुबहाक बसले डुब्रिङको माथिको कानकुटे डाँडाको मोडमा ठक्कर दिएको हो । घटनास्थलमा ईलाका प्रहरी कार्यालय होलेरीबाट प्रहरी र ट्राफिक प्रहरी पुगेर अनुसन्धान गरिरहेको छ ।
विक रुन्टीगढी – ८ कुर्जामा छोरीको घरमा बस्ने गरेको र आफन्तकोमा भोलीको शुद्ध शान्तिमा सहभागी हुन र वृद्धभत्ता पनि बुझ्न डुब्रीङ जाँदै गर्दा बसले ठक्कर दिएको हो ।

प्रतिक्रिया दिनुहोस्